चितवनमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते, नयाँ र पुरानो मेडिकल कलेजमा उपचार जारी

समाचार

चितवन, ३ साउन। चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एउटा ट्रक एकापसमा ठोक्किँदा ३३ जना यात्रु घाइते भएका छन्।

बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस तथा सोही दिशाबाट पछाडि आइरहेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि तत्काल उद्धार गरिएको ३३ जना घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ। घाइतेमध्ये २४ जनाको नयाँ मेडिकल कलेज भरतपुर र ९ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा तीनवटै सवारीसाधनमा क्षति पुगेको छ। दुर्घटनापछि केही समय दुवैतर्फ अवरुद्ध बनेको मुग्लिङ–नारायणगढ सडकखण्ड प्रहरीको पहलमा पुनः सञ्चालनमा आएको छ।

प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *