रसुवाको भोटेकोशी बाढीपीडितका लागि व्यवसायी अमरकान्त झाले दिए ५ लाख सहयोग

समाचार

वीरगञ्ज,१६ भदौ  । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि व्यवसायी अमरकान्त झाले ५ लाख रुपैयाँ सहयोग गरेका छन्।

पर्सा र बारामा उद्योग–व्यवसाय सञ्चालन गर्दै आएका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२०, रुपैठा निवासी झाले विपद्को समयमा सरकारद्वारा सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग प्रदान गरेका हुन्।

बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको झाले बताएका छन्।

भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि देशभरबाट पीडितको उद्धार तथा राहतका लागि सहयोग जुटिरहेको छ। व्यवसायी झाको यो सहयोगले विपद् प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *