विर्तामोडमा अनलाइन सट्टेबाजीको धन्दा, ३ जना पक्राउ

समाचार

झापा ,२५ भदौ । झापाको विर्तामोडमा कानूनविपरीत अनलाइन सट्टेबाजी खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २०८३ साल भदौ २४ गते विर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफे परिसरमा अनलाइन सट्टेबाजी खेल्ने–खेलाउने कार्य भइरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले सम्बन्धित स्थानमा पुगेर आवश्यक अनुसन्धान तथा तहकिकात गर्ने क्रममा विर्तामोड–४ का ४१ वर्षीय किरण कान्दङवा, ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्जवल गुरागाईंलाई नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट अनलाइन सट्टेबाजी गतिविधिमा प्रयोग भएको आशंका गरिएका विभिन्न विद्युतीय उपकरणहरू समेत कानूनबमोजिम बरामद गरी प्रारम्भिक अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका तीनै जनाले लामो समयदेखि अनलाइन सट्टेबाजीसम्बन्धी खेल खेलाउने तथा सञ्चालन गर्ने कार्य गर्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेका उनीहरूलाई झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मुन्ना कुमार अधिकारीले पक्राउ तथा अनुसन्धान भइरहेको जानकारी दिएका हुन्।

प्रहरीले पछिल्लो समय अनलाइन सट्टेबाजी, जुवा तथा गैरकानूनी विद्युतीय माध्यमबाट हुने आर्थिक गतिविधिमाथि निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *