गौर भन्सार अगाडि २ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ

समाचार

रौतहट ,२२ असोज ।रौतहटको गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको ठूलो परिमाणको नेपाली तथा भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेको BR30AR 2495 नम्बरको TVS Rider मोटरसाइकल चेकजाँच गर्ने क्रममा गौर नगरपालिका–१ निवासी ४२ वर्षीय शेराज अलिलाई नियन्त्रणमा लिइएको हो।

चेकजाँचका क्रममा अलिको साथबाट नेपाली रुपैयाँ १ लाख १६ हजार ५ सय तथा भारतीय रुपैयाँ १ लाख फेला परेको प्रहरीले जनाएको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेका अलिलाई गौर भन्सार कार्यालय अगाडि शंकास्पद अवस्थामा चेकजाँच गर्दा उक्त रकम फेला परेपछि नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार बरामद रकमको स्रोत तथा कारोबारको प्रकृति खुल्न नसकेपछि अलिलाई हुण्डीसम्बन्धी कसुरमा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *