रसीद आलम, बिरगंज ,१७ असोज ।
भन्सार छली चोरी पैठारी गरी ल्याएका ८५६० के.जी.गहु सहित ट्याक्टर पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
बुधबार ७:४० बजेको समयमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राइ वीरगञ्जतर्फ ल्याउदै गरेको विशेष सूचनाको आधारमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१९ केहुनिया तिलावे पुलमा ना.१ ख ९६४२ नम्बरको ट्याक्टरमा गहु लोड रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।
प्रहरी टोलीलाई देख्नासाथ ट्याक्टर चालक ट्याक्टर छाडी फरार भएको हुँदा सो ट्याक्टरलाई बेवारिसे अवस्थामा फेला पारी ट्याक्टर तथा लोड रहेको गहु ८५६० के.जी. सहित नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।
पक्राउ गरेको ट्याक्टर र गहुको रू. ७ लाख ३९ हजार ६ सय ८० बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जनाएका छन् ।
