आज हुने फाइनलको टिकट बिक्रिबाट प्राप्त रकमको ५०% भुकम्प पीडितलाईः क्यान

समाचार

काठमाडौं, १९ कार्तिक । नेपाल क्रिकेट संघले आज हुने फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भुकम्प पीडितलाई दिने भएको छ ।

 

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भुकम्प परी ज्यान गुमाएका तथा घाइते परिवारलाई उक्त रकम दिइने क्यानले जनाएको छ ।

 

‘आइसिसी टि २० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गगत आइतबार हुने नेपाल र ओमान बिच फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भुकम्प पीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं’ क्यानले भनेको छ ।

 

क्यानले मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *