अपडेटः भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुग्यो

समाचार

काठमाडौं, १९ कार्तिक । भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।

 

 

शुक्रबार राती जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १५७ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १७० जना पुगेका छन ।

 

नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन ।

 

साथै, रूकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन भने ७८ जना घाइते भएका छन ।

 

घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *