रसीद आलम,बारा,५ कार्तिक ।
बाराको पचरौता नगरपालिका वडा नं.०७ बेनौलीमा झण्डा मेला लगाउने विषयलाई लिएर गाउँका दुई पक्ष बीच झडप भएको भएको छ।
मेलाको विषयलाई लिएर सोमबार सैयौं मानिसहरू विच वादविवाद भई ढुङ्गा मुढा हनाहान हुँदा हालसम्म दुई जना स्थानीय घाइते भएको बारा प्रहरीले जनाएको छ।
बाराको पचरौता न.पा. ७ बेनौली बस्ने वर्ष ४० को लक्ष्मी पटेल र सोही बस्ने वर्ष ४२ को चण्डीका पटेल घाइते भएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाए ।
जिल्ला प्रहरी कार्यालय बाराद्वारा जारी प्रेस विज्ञप्ति अनुसार अवस्था तनावग्रस्त रहेको र केही व्यक्ति घाईते समेत भएकोले झडपलाई समान्य बनाउनको लागि तथा शान्ति सुरक्षा कायम गराउन ८ राउण्ड गोलि हवाईफायर गरिएको जनाएको छ।
” शुरुमा राति ११:०० बजेको समयमा २ राउण्ड गोलि हवाईफायर गरी भीडलाई तितर बितर पारि अवस्था समान्य बनाईएको, पुनः११:४५ बजेको समयमा दुबै पक्ष विच एक आपसमा ढुङ्गा मुढा हनाहान हुँदा पुनः प्रहरीद्वारा ५ राउण्ड हवाई फायर गरिएको ,११:५५ बजेको समयमा १ (एक) राउण्ड गरी जम्मा ८ राउण्ड गोलि हवाईफायर गरी भिडलाई तितर बितर पारि तत्कालको लागि अवस्था समान्य बनाईएको र हालसम्म २ जना व्यक्तिहरु ढुङ्गा मुढा हनाहानबाट घाईते समेत भएको “डिएसपी न्यौपानेले बताए ।
