विद्युत काटेर दिनभर घरमा थुनियो : दुर्गा प्रसाईं,प्रसाईले हाले सर्वोच्चमा मुद्दा, आईतबार सुनवाई हुने,प्रसाईका ५० भन्दा बढी समर्थक पक्राउ

समाचार

काठमाडौं, ८ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार तीनकुनेमा आन्दोलन कार्यक्रम गर्ने बताएका छन्।

शुक्रबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शनिबार तीनकुनेमा कार्यक्रम गर्ने बताएका हुन्।

शनिबार आन्दोलनकारीलाई आफ्नो घर अगाडि आउन आग्रह गर्दै प्रसाईंले भोली माइतीघरमा कार्यक्रम गर्ने बताए।

उनले कुनै दिन आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नजरबन्दमा राख्नु नपरोस् भन्दै चेतावनीसमेत दिए। ‘कतै मैले एक दिन तपाईंलाई पनि नजरबन्दमा राख्न नपरोस्। यो कुरा तपाईं हेक्का राख्नुहोस्,’ उनले भने।

उनले आज आफूलाई नजरबन्दमा राखिएको र दिनभर घरमा बिजुलीको लाइनसमेत काटिएको बताए।

उनले भने,’दिनभर मेरो घरको बिजुलीको लाइन काटियो। प्रचण्डज्यू तपाईंलाई जंगलबाट यो ठाउँमा पुर्‍याउने दुर्गा प्रसाईं हो। दुर्गा प्रसाईंले ज्यान दिएको छ। यही घरमा हो तपाईंले कुनै दिन चिया खाएको। यही घर तपाईंले आज अन्धकार बनाउनुभएको छ।’

दुर्गा प्रसाईले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन।

अधिबक्ता सुरेन्द्र पौडेलले प्रसाईको पक्षवाट मुद्दा दायर गरेका हुन् । सो मुद्दाको आईतवार सुनवाई हुनेछ।

मेडिकल ब्यावसायी प्रसाईंका  ५० भन्दा बढी समर्थक पक्राउ परेका छन्।

काठमाडौैंको तीनकुने, गौशला, स्वयम्भुलगायतका क्षेत्रवाट उनीहरू पक्राउ परेका हुन् ।

प्रसाईका सचिवालयका अनुसार ५० भन्दा बढी पक्राउ परेको र आधिकारिक जानकारी साँझसम्म दिईने जनाईएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *