६४ लाख बराबरको सामान सहित ट्रक पक्राउ।

समाचार

बिरगंज ,१८ मंसिर ।

बिल बिजक भन्दा बढी खुद्रा समानहरू लोड रहेको ट्रक बिरगंजमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

मंसिर १७ गते राति ११:१५ मा बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा प्रदेश ३-०१-००५ ख ९८५१ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रक पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी )कुमार बिक्रम थापाले बताए ।

रू.६४ लाख ६५ हजार ९ सय २१ बराबरको मुल्यांकन गरि ट्रक भित्र लोड रहेको खुद्रा सामानहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको डिएसपी थापाले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *