भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

समाचार

विराटनगर, २५ मंसिर । भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार भएको छ । मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्र भारतीय भूमिमा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो ।

अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका उनको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *