बारा:९३ लाख बराबरको खुद्रा सामान सहित ट्रक बारा प्रहरीको नियन्त्रणमा ।

समाचार

रसीद आलम,बारा,१७ पुस ।

बारा प्रहरीले ९३ लाख रुपैयाँ बराबरको खुद्रा सामान सहित एक ट्रक नियन्त्रणमा लिएको जनाएको छ।

विशेष सूचनाको आधारमा आइतबार राती १०:१५ को समयमा जिल्ला प्रहरी कार्यालय बारा मातहत प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले सो मुल्य बराबरको सामानसहितको ट्रक पक्राउ गरेको छ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१ स्थित पथलैया चोकमा बिरगंज बाट काठमाण्डौ तर्फ जादै गरेको ना.४ ख ८३५८ नम्बरको ट्रकलाई रोकी चेक जाच गर्दा बिल विजक भन्दा बढी लोड गरेको तथा बिल विजक सन्कास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी )दधिराम न्यौपानेले बताएका छन्  ।

डिएसपी न्यौपानेका अनुसार पक्राउ गरेको ट्रक र विभिन्न खुद्रा सामानको अन्दाजी बजार मुल्य रु.९३ लाख ३६ हजार ६३ रहेको तथा सो सम्बन्धमा आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *