चुनाव जिते लगत्तै बंगालादेशी पुर्व क्रिकेटले फ्यानलाइ हाने थप्पड

बिदेश समाचार

ढाका, २४ पुस । बंगलादेशका स्टार क्रिकेटर तथा कप्तान शकिब अल हसनले पनि चुनावी मैदानमा जितको झण्डा फहराएका छन् ।

 

तर, उनले यो चुनावी जित पचाउन सकेका छैनन् । बंगलादेशमा चुनाव जितेलगत्तै सामाजिक सञ्जालमा उनको एउटा भिडियो भाइरल भयो, जसमा उनले आफ्ना एक फ्यानलाई थप्पड हानेका थिए ।

 

भनिएको छ कि शकिब अल हसन आफ्नो निर्वाचन क्षेत्रमा गएका थिए, जहाँ उनका सयौं फ्यानले उनलाई चारैतिरबाट घेरेका थिए। यसपछि निलो रंगको शर्ट लगाएका एक व्यक्तिले उनलाई पछाडिबाट समातेका थिए, त्यसपछि साकिब अल हसन रिसाए र पछाडि फर्किए र कडा थप्पड हाने । यसपछि सबै फ्यान शान्त भए ।

 

शकिब अल हसन जो देशकै ठूलो व्यक्तित्व हुन् । अहिले चुनाव जितेपछि धेरै फ्यानले उनलाई फोटो खिच्न वा हात मिलाउन घेराउ गरेका छन् । तर एक जनाले पछाडिबाट उनको हात समात्ने प्रयास गर्दा क्रिकेटरले आफ्नो रिस गुमाए र उनको अनुहारमा थप्पड हाने। तर, उनको नाम विवादमा परेको यो पहिलो पटक भने होइन । यसअघि उनले क्रिकेट मैदानमा अम्पायरसँग झगडा गरेका थिए र गत विश्वकपमा श्रीलंकाका क्रिकेटर एन्जेलो म्याथ्युजविरुद्ध टाइम आउटका लागि अपिल गरेका थिए ।

 

बंगलादेश क्रिकेट टिमका पूर्व कप्तान शकिब अल हसनले यस पटकको राष्ट्रिय चुनावमा भाग लिएका थिए । उनले आइतबार देशको संसदमा आफ्नो स्थान बनाएका हुन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *