पर्सा,२८ पुस।
सामुदायिक प्रहरी सेवा केन्द्रहरुले समुदाय प्रहरी साझेदारी अन्तर्गत विभिन्न जनचेतनामुक कार्यक्रमहरु गरेका छन् ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ पर्साको आयोजनामा बिरगंज महानगरपालिका वडा नं. ०३ ब्लड बैक अगाडी “लैङ्गिक हिंसा” सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरियो।
शुक्रबार दिउँसो १:३० मा गरिएको सो कार्यक्रममा पर्चा पम्पलेट वितरण गरि “लैङ्गिक हिंसा” सम्बन्धीत सूचनामुलक जानकारी आम जनसमुदायमा गराईएको सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जनाए।

हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रहरी सहायक निरिक्षक ज्ञान बहादुर श्रेष्ठ लगायत स्थानीय भद्रभलादमी, समाजसेवी तथा बुद्धजिवीहरुको उल्लेखनीय उपस्थीति रहेकोे थियो।
त्यस्तै ,समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीपर्साको आयोजनामा पटेर्वासुगौली गाँउपालिका वडा नं. ०४ मा “लागु औषध सम्बन्धी जनचेतनामुक कार्यक्रम” सम्पन्न गरिएको पटेर्वासुगौली प्रहरीले जनाएको छ।
प्रहरी सहायक निरीक्षक राजबाबु सिहंको कमाण्डमा भएको सो कार्यक्रममा पैदल यात्रुहरु, सवारी साधन चालकहरु,व्यापार व्यावसायिहरु,स्थानिय भद्रभलादमी, समाजसेवी लगायत बुद्धजिवीहरुको उल्लेखनीय उपस्थीति रहेको थियो।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थायी प्रहरी पोष्ट मनवा पर्साको आयोजनामा पटेर्वासुगौली गाँउपालिका वडा नं. ०४ पटेर्वासुगौलीमा “बाल बिबाह सम्बन्धी जनचेतनामुक कार्यक्रम” सम्पन्न गरिएको छ।
प्रहरी सहायक निरीक्षक दिपक अधिकारीको कमाण्डमा गरिएको सो कार्यक्रममा १० जना महिला ,३० जना पुरुष र ३ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र ग्रिनसिटी आदर्शनगर-१० पर्सा,जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा बिरगंज र लायन्स क्लब बिरगंजको संयुक्त आयोजनामा बिरगंज महानगरपालिका वडा नं. ०८ घण्टाघर स्थित “ट्राफिक कन्ट्रोल तथा ट्राफिक नियमको पालना गरौं सम्बन्धी जनचेतनामुलक कार्यक्रम” सम्पन्न भएको छ।सो कार्यक्रममा पर्चा पम्पलेट वितरण गरि ट्राफिक नियमको पालना ,दुर्घटना न्यूनीकरण सम्बन्धि ज्ञान् तथा दुर्घटना हुने जोखिम बारे आम जनसमुदायमा जानकारी गराइयो।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा प्रहरी सहायक निरीक्षक सोगारथ प्रसाद यादवको कमाण्डमा सम्पन्न गरिएको सो कार्यक्रममा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियोे ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी गणेशटोल पर्साको आयोजनामा बिरगंज महानगरपालिका वडा नं.१६ बैष्णदेवी मन्दिर स्थित गरिएको “लागु औषध सम्बन्धी सचेतनामुलक कार्यक्रम” मा प्रहरी सहायक निरीक्षक रामबाबु प्रसाद यादवको उपस्थितमा महिला १५ जना, पुरुष ३० जना र प्रहरी कर्मचारी २ जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थायी प्रहरी पोष्ट भकुवा पर्साको आयोजनामा बिरगंज महानगरपालिका वडा नं. २ धागडटोल स्थित “लागु औषध सम्बन्धी सचेतनामुलक कार्यक्रम”गरियो। प्रहरी नायव निरीक्षक नारायण प्रसाद लुईटेलको कमाण्डमा पैदल यात्रुहरु, सवारी साधन चालकहरु,व्यापार व्यावसायिहरु,स्थानिय भद्रभलादमी समाजसेवी,बुद्धजिवीको उपस्थीतिमा सो कार्यक्रम सम्पन्न भएको छ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थायी प्रहरी पोष्ट शिवपार्वती पर्साको आयोजनामा बिरगंज महानगरपालिका वडा नं. १० अशोकबाटिका स्थित “लागु औषध सम्बन्धी सचेतनामुलक कार्यक्रम”मा प्रहरी सहायक निरीक्षक लक्ष्मी नारायण सिंहको कमाण्डमा सम्पन्न भएको छ।पैदल यात्रुहरु,सवारी साधन चालकहरु,व्यापार व्यावसायिहरु,स्थानिय भद्रभलादमी समाजसेवी,बुद्धजिवीको उपस्थीतिमा महिला १५जना ,पुरुष २० जना र प्रहरी कर्मचारी २ जनाको सहभागिता रहेको थियो।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय पोखरिया पर्साको आयोजनामा पर्साको पोखरिया नगरपालिका वडा नं. ०८ पोखरिया स्थित “महिला हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम” सम्पन्न भएको छ।वडाका वडा अध्यक्ष किशोरी साह तेलीको अध्यक्षतामा प्रहरी सहायक निरीक्षक धर्मेन्द्र कुमार साहको कमाण्डमा सो कार्यक्रम भएको हो।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी अमरपट्टी पर्साको आयोजनामा पर्साको बिन्दवासिनी गाँउपालिका वडा नं. ०३ अमरपट्टी स्थित “लागु औषध सम्बन्धी सचेतनामुलक कार्यक्रम” सम्पन्न भएको पर्सा प्रहरीले जनाएको छ। वडाका वडा अध्यक्ष जय प्रकाश चौरसियाको अध्यक्षतामा प्रहरी नायव निरीक्षक रोशन कार्कीको कमाण्डमा भएको सो कार्यक्रममा पैदल यात्रुहरु,सवारी साधन चालकहरु,व्यापार व्यावसायिहरु,स्थानिय भद्रभलादमी समाजसेवी,बुद्धजिवीहरुको उल्लेखनीय उपस्थीति रहेकोे थियो।
