पर्सा :प्रहरी चौकी बसपार्कद्वारा एक बृद्ध महिलाको उद्दार।( भिडियो सहित)

समाचार

पर्सा,३ माघ।

प्रहरी चौकी बसपार्कका वरिष्ठ प्रहरी नायब निरीक्षक बाबुराम ढकालको अगुवाइमा एक बृद्ध महिलाको उद्दार भएको छ ।

बिरगंज बसपार्क भानुचौकमा बाराको डोरिया घर बताउने अन्दाजी ६०-६५ वर्षको बृद्ध महिला राज कुमारी देबिलाई माघ २ गते राति ८:१५ मा बेवारिसे अवस्थामा फेला पारेको बसपार्क प्रहरीले जनाएको छ।

देबिको आफन्तसंग सम्पर्क हुन नसकेको कारणले निजको सुरक्षाको लागि मानव सेवा आश्रमका प्रकाश थारुसंग सहकार्य गरि मानव सेवा आश्रम सिरिसियाको जिम्मा लगाईएको वरिष्ठ प्रहरी नायब निरीक्षक  ढकालले जानकारी गराए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *