पर्सा:लागु औषधसहित छपकैयाका एक रिक्सा चालक पक्राउ।

समाचार

पर्सा,३ माघ ।

पर्सा प्रहरीले लागु औषध सहित वीरगञ्ज महानगरपालिका वडा नं.१ छपकैयाका एक जना मानिसलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा मंगलवार साझ ७:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.८ पानीटंकी सडकखण्डमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा रिक्सामा  लुकाई छिपाई राखिएको लागु औषध नुरफिन ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र डाइजेल्याब ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल फेला परेको हुँदा रिक्सा चालक सहित सो लागु औषध नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी ) कुमार बिक्रम थापाले जनाएका छन् ।

रिक्सा चालक वीरगञ्ज महानगरपालिका वडा नं.१ छपकैया निवासी  वर्ष ५० को बब्लुलाल कर्ण रहेको डिएसपी थापाले जनाएका छन् ।

उल्लेखित लागु औषध सहित कर्णलाई नियन्त्रणमा लिई निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *