पर्सा:४४ लाख भन्दा बढीका लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पक्राउ।

समाचार

रसीद आलम,बिरगंज ,२५ माघ।

बिल बिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रकलाई पर्सा प्रहरीले पक्राउ गरेको  छ।

माघ २४ गते राती १० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा ना.३ ख ४४१५ नम्बरको मालवाहक ट्रकमा राजश्व छली चोरी तस्करीका रु.४४ लाख ५५ हजार ६ सय ८३ बराबरको सामानहरु लोड रहेको ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

विल विजक भन्दा बढी मालबस्तुहरू लोड गरी वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्दा अनलाईन भिसिटिएस तथा विल बिजक संकास्पद देखिएकोले उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिईएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जनाएका छन् ।

नियन्त्रणमा लिएको ट्रक तथा ट्रकभित्र लोड रहेको मालबस्तुहरूलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी थापाले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *