मकवानपुर, चैत १० ।मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–४ निवासी २० वर्षीय अक्कल प्रसाद स्याङतान रहेका छन्।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले आज बिहान करिब ६:१० बजे मनहरी गाउँपालिका–९ क्षेत्रमा शंका लागी जाँच गर्दा बा.१३ च. २१४ नम्बरको हात्ती गाडीबाट १७१ किलो २१ ग्राम गाँजा बरामद गरेको हो। गाडीको पछाडिको भागमा लोड गरी ल्याइएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले गाँजा, गाडी तथा चालक स्याङतानलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। घटनाबारे मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट लागू औषध सम्बन्धी कसुरमा म्याद अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
