रसीद आलम ,बिरगंज ,१३ फागुन ।
बिल बिजक भन्दा बढी चुकुन्दर लोड रहेको आरोपमा एउटा मालवाहक पिकअपलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रदेश ३-०१-०२४ च ३५८९ नम्बरको मालवाहक पिकअपमा ३४ हजार ८ सय रुपैया बराबरको चुकुन्दर लोड रहेको प्रहरीले जनाएको छ।
पर्सा प्रहरीका अनुसार फागुन १२ गते राती ९:३० बजेको समयमा बिल विजक भन्दा बढी चुकुन्दर बोकेको माल बाहक पिकअप वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचनाको आधारमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकबाट सो मालवाहक पिकअपलाई पक्राउ गरिएको हो।
पिकअपलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी चुकुन्दर लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले जनाएका छन् ।
