पर्सामा ट्राफिक चेकजाँच कडाइ, नियम उल्लंघन गर्नेलाई कारबाही तीव्र

समाचार

बिरगंज ,५ फागुन ।

पर्सा जिल्ला ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्न चेकजाँचलाई कडाइ गरेको छ। गाउँदेखि सहर र राजमार्गसम्म ट्राफिक प्रहरीले व्यापक चेकजाँच तथा छड्के निरीक्षणलाई तीव्रता दिएको छ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधन तथा चालकलाई कानुनअनुसार जरिवाना तथा कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। साथै, गल्तीको प्रकृति हेरी पहिलो पटक सम्झाई बुझाई छोड्ने नीति अपनाइएको छ। विशेष गरी तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने, क्षमताभन्दा बढी भार लोड गर्ने जस्ता गतिविधिहरूलाई प्राथमिकता दिई कडाइ गरिएको पर्सा ट्राफिक प्रहरी निरीक्षक लोक राज भट्टले जानकारी दिएका छन्।

यस्तै, ट्राफिक नियम पालनामा जनचेतना अभिवृद्धि गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका र आगामी दिनहरूमा पनि निरन्तरता दिने उनले बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *