सशस्त्र प्रहरी बल पर्सा ,गुल्म बिरगंजद्वारा करिब ५५ लाख बराबरको विभिन्न समानसहित ट्रक र अटो पक्राउ।

समाचार

रसीद आलम,बिरगंज ,३० चैत ।

सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्सा मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले रु.५४ लाख ९६ हजार ७ सय २२ बराबरको विभिन्न समान, ब्यक्तिसहित एक ट्रक र अटो नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिरगंज महानगरपालिका-१६ भन्सार मेनगेटबाट प्रस्ताबित सीमा सुरक्षा गुल्म बिरगंजका डिएसपी सुरज रिजालको कमाण्डमा खटिएको टोलीले अबैध रुपमा भारतबाट नेपालतर्फ आउदै गरेको ना १ ह ८९८१ नम्बरको अटोलाई चेकजाच गर्ने क्रममा रु.५० हजार बराबरको ५० सेट कुर्था सुरुवालको कपडा,रु.२ लाख बराबरको अटो र बिरगंज-१० गवहवा बस्ने बर्ष ३९ को बिरेन्द्र साहलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि  बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै ,भन्सार मेनगेटबाट गुल्मका डिएसपी रिजालको कमाण्डमा रु.४० हजार बराबरको चार बोरा फुलको माला सशस्त्र प्रहरीले बरामद गरेको छ भने भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको रु. ४ लाख ३४ हजार ८ सय १० बराबरको किराना सामान, जुत्ता चप्पल, हार्डवयर, मोटर पार्टस र कस्मेटिक आईटम  नियन्त्रणमा लिई बिरगंज भन्सार कार्यालयमा बुझाईएको गुल्मले जनाएको छ।

बिहिवार विशेष सूचनाको आधारमा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज का सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएका टोलीले बिरगंज-०२ ईदगाह चोकबाट रु.२२ लाख ७१ हजार ८ सय २४ भ्याट सहित बराबरको मालसामानसहित रु.२५ लाख बराबरको ना ४ ख ९४३५ नम्बरको ट्रक पक्राउ गरेको छ।

बिलबिजकमा उल्लेख भए भन्दा फरक मालसामान भएको आशंकामा तथा बिलबिजक सन्कास्पद रहेकोले ट्रकलाई पक्राउ गरि आवश्यक कार्वाहिको लागि राजश्‍व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाईएको सशस्त्र प्रहरी बल पर्साले बताएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *