विहारको पटनामा होटलमा आगलागी हुदा ६ जनाको मृत्यु

बिदेश समाचार

पटना ,१४ बैशाख  । भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तीन महिला रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् ।

आगलागीबाट १२ जनालाई उद्धार गरी पटना मेडिकल कलेज अस्पताल लगिएको छ ।  यो आगलागी ग्यास सिलिन्डर विष्फोटका कारण भएको हुन सक्ने प्रहरीले बताएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *