सशस्त्र प्रहरी पर्साद्बारा ७ लाख ३३ हजार बराबरको भन्सार छलिका कपडा सहित दुई जना पक्राउ।

समाचार

बिरगंज ,१८ बैशाख।

सशस्त्र प्रहरी पर्साले रु. ७ लाख ३३ हजार १ सय बराबरको भन्सार छलिका कपडा सहित २ जनालाई  नियन्त्रणमा लिएको छ।

मंगलवार पर्साको विरगंज महानगरपालिका -१६ ईनर्वाको बाँसझाङ र भुटनदेवी ईलाकाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. ७ लाख ३३ हजार १ सय बराबरको भन्सार छलिका कपडाहरु बरामद गरेको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

उक्त कपडा ओसार पसारमा प्रयोग गरिएका २ वटा साईकल सहित बाराको जितपुर सिमरा उ.म.न.पा. निवासी वर्ष ३७ की १ जना महिला र  बिश्रामपुर निवासी बर्ष ४० का १ जना पुरुषलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाईएको डिएसपी सिंहले बताए  ।

पक्राउ परेकाहरुको नाम गोप्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *