एक करोड ४६ लाखको अबैध समानसहित दुईवटा ट्रक बारा प्रहरीको नियन्त्रणमा।

समाचार

रसीद आलम,बारा,२५ बैशाख।

बारा प्रहरीले १ करोड ४६ लाख ७९ हजार बराबरको अबैध समान सहित दुईवटा ट्रक पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा मातहत ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित चेक जाँच गर्दा बिल भरपाई भन्दा बढि समान लोड रहेको र स्रोत खुलाउन नसकेकोले रू.१ करोड ४६ लाख ७९ हजार ७ सय ६८ रूपैया बराबरको दुईवटा ट्रकमा लोड रहेको समानहरू सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी ) महेन्द्र खड्काले बताए।

बैशाख २४ गते ६:३० बजेको समयमा वीरगंजबाट हेटौडातर्फ जादै गरेको ना ५ ख ७९२७ नम्बरको ट्रकमा ६६ लाख ९० हजार ४ सय २९ रुपैया बराबरको लोड रहेको लेडिज सुट, धागो, जारी दाना, प्रिन्ट कपडा, माला लकेट, मेटल धुरा र अन्य खुद्रा समानहरूसहित ट्रकलाई नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

त्यस्तै ,वीरगंजबाट काठमाण्डौतर्फ जादै गरेको ना ८ ख २७१९ नम्बरको ट्रकमा रु.७९ लाख ८९ हजार ३ सय ३९ बराबरको लोड गरेको मोबिल, वेडसिट कपडा, स्टेशनरी, मोटर पार्टस, वेकरी आईटम र अन्य खुद्रा समानहरूसहित ट्रकलाई पक्राउ गरेको डिएसपी न्यौपानेले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *