काठमाडौँ ,७ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब देश तपाइँहरुको गनगनले मात्र देश नचल्ने चेतावनी दिदै झुटा मुद्धा र मिडिया ट्रायलले आफु नडराउने बताए ।
लोकतान्त्रिक भन्ने दलले अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गरेको भन्दै कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेको भन्दै उनले कांग्रेसलाई प्रश्न गरेका छन् ।
उनले कांग्रेसलाई आफुलाई गरेको प्रधानमन्त्रीको अफर अझै छ की छैन भन्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग जवाफ मागेका छन् ।
गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- लामिछाने:-
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टिकरण दिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिदै आफु गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा आफु सहभागी नभएको बताए ।
लामिछानेले आफुले अहिले गोरखा मिडिया छोडिसकेको र कम्पनि छोडीसकेपछि कम्पनीको कुनै दायित्व बेहोर्नुपर्ने भए आफु सो दायित्व बेहोर्न तयार रहेको बताए ।
उनले जीबी राईले गरेका सबै फोहोर आफुले सफा गर्नुपर्छ भन्ने नरहेको संसदमा बताएका छन् ।
पोखराको सुर्यदर्शन सहकारीबाट आफुले ऋण लिएको कुनै कागज नभएको भन्दै सुनियोजित रुपमा आफ्नो नाम प्रयोग गरिएको आरोप लगाए ।
उनले फौजदारी कसूर लाग्ने सहकारी ठगी प्रकरणमा संसदीय समिति छानबिन गर्न नमिल्ने जिकिर गर्दै आफु यो विष पिउन तयार रहेको बताए ।
