सशस्त्र प्रहरी पर्साद्वारा ८ लाख बराबरको भन्सार छलिका सामान बरामद।

समाचार

बिरगंज ,२० जेठ ।

सशस्त्र प्रहरी बल पर्साले रु. ८ लाख ६ हजार ३ सय ५५ बराबरको भन्सार छलिका सामान बरामद गरेको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंज र बिरगंज भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलिले बिषेश सुचनाको आधारमा बिरगंजमा एक ब्यक्तिले सन्चालन गरेको फुड प्रोडक्टमा अबैध रुपमा भण्डारण गरी राखेको मुल्य ५८ हजार ५० रुपैयाँ  बराबरको पुजामिश्री तथा चिनि बरामद गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ।सशस्त्र प्रहरीले ब्यक्तिको पहिचान खुलाएको छैन ।

प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट डिएसपी सुरज रिजालको कमान्डमा खटिएको टोलिले भन्सार ईलाकाबाट  भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको ३ लाख ३ हजार ३ सय ५ रुपैयाँ बराबरको किराना सामान, काजु, कस्मेटिक तथा लताकपडा र भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको मधेष प्रदेश ०३-००२ ह ४९७८ नम्बरको अटोमा मुल्य रु. ४५ हजार बराबरको १५ वटा हार्ड डिस्क सहित २ लाख ९५ हजार बराबरको अटो बरामद गरि आवश्यक कारवाहीको लागी विरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

सशस्त्र प्रहरी पर्साले बिरगंज महानगरपालिका -२५ स्थित चन्डाल चोकबाट बिआर २२ ए एफ ८८७९ नम्बरको भारतीय मोटरसाइकलमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको  १ लाख ५० हजार बराबरको लिची र उक्त मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको डिएसपी सिंहले जनाए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *