रसीद आलम,बिरगंज ,२५ जेठ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा मातहतका प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले लाखौं मुल्य बराबरको धान सहित एक ट्याक्टर पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा बिहीबार गुल्मका डिएसपी बिकास अधिकारिको कमाण्डमा खटिएको टोलीले १ लाख ७६ हजार ७ सय ५० रुपैयाँ बराबरको धान भारतबाट अबैध रुपमा नेपालतर्फ ट्याक्टरमा ल्याउदै गरेको अवस्थामा पर्साको बिरगंज महानगरपालिका- १७ स्थित कोनिया ईलाकाबाट पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।
ना ४ त ९६०५ नम्बरको ट्याक्टरमा लोडगरि नेपालतर्फ ल्याउदै गरेको१२३ बोरामा ५०५० केजी धान र मूल्य रु.१५ लाख बराबरको उक्त ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
