रसीद आलम,बिरगंज ,३० जेठ ।
सशस्त्र प्रहरी बल पर्साले श्रोत नखुलेको रकम ६ लाखसहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ।
प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका डिएसपी सुरज रिजालको कमान्डमा खटिएका टोलिले चेकजाँचको क्रममा
बिरगंज-१६ भन्सार मेनगेटबाट भारत बिहार रक्सौलका राहुल कुमारलाई ६ लाख नेपाली रुपैयाँ सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
भारतको रक्सौलबाट नेपालको बिरगंजतर्फ आउदै गरेको बिआर ०६ एआर ९४११ नम्बरको भारतीय मोटरसाइकलमा सवार राहुललाई चेकजाँच गर्दा निजले प्रयोग गरेको हेल्मेट भित्र लुकाई छुपाई राखेको श्रोत नखुलेको नेपाली रुपैयाँ ६ लाख फेला परेको हुँदा निजलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
