रसीद आलम ,बिरगंज ,३२ जेठ ।
पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बसपार्कबाट लागु औषध खैरो हिरोईनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बिशेष सुचनाको आधारमा जेठ ३१ गते १०:०० बजेको समयमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बिआर ०५ एवाई १३४६ नम्बरको टाटा टिआगो कारबाट लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १०२ ग्राम फेला परेको हुँदा कारसहित भारत बिहार राज्य मोतिहारी जिल्ला पोष्ट अदापुर ग्राम लालछपरा बस्ने वर्ष ३० को मोहमद नेजामुदिन सिद्दकीलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
कारको चालक बस्ने छेउको सिट कभरको खल्तीमा लुकाइ छिपाई सेतो प्लाष्टिकको झोलाभित्र राखिएको अवस्थामा सो लागु औषध बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले जनाएका छन् ।
लागु औषध सम्बन्धी कसूर थप अनुसन्धान कार्य भैरहेको डिएसपी भारतीले बताए ।
