टाँगाबाट करिब ५ लाख बराबरको तस्करीका समान बिओपी बरैनियाको नियन्त्रणमा ।

समाचार

बारा,७ असार।

टाँगामा फल्स बट्न बनाई भारतबाट लुकाई छिपाई ल्याएको करिब ५ लाख बराबरको तस्करीका समान सशस्त्र प्रहरी बाराले नियन्त्रणमा लिएको छ।

बाराको बिश्रामपुर गाउँ पालिका -३ मुसहरवा सीमा ईलाकाबाट २ वटा टागाको प्रयोग गरी भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अबस्थामा बिओपी बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएको टोलीले ४ लाख ९२ हजार बराबरको भन्सार छलिएका विभिन्न समानहरु बरामद गरेको सशस्त्र प्रहरी बाराले जनाएको छ।

सशस्त्र प्रहरीको टोलि देख्नासाथ टागा सहित सामान सोही स्थानमा छाडि फरार भएको हुँदा उक्त सामान बरामद गरी भन्सार दाखिला गरिएको बिओपी बरैनियाले जानकारी गराएको छ।

बरामद समानहरुमा १ लाख ६० हजार बराबरको कम्प्युटरका डेल सिपिईउ ८ थान,२ लाख २५ हजार बराबरको १५० मिटर सर्टको कपडा ,७ हजार बराबरको १० पिस सर्ट रहेको बिओपीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले जनाए।

घोडा र टाँगाको भन्सार मुल्य रु.१ लाख मुल्यांकन गरिएको ईन्सपेकटर आचार्यले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *