बिरगंज ,८ असार।
पर्सा प्रहरीले जंगली हातीको दुई वटा दारा जस्तो देखिने बस्तु सहित तिनजना मानिसलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पर्साको ठोरी गाउपालिका वडा नम्बर ४ विजयबस्ती गुम्बालाइन बस्ने वर्ष ४१ को कुइसंग लामा ,वीरगञ्ज वडा नम्बर १४ पिप्रा बस्ने वर्ष ४० प्रेम शर्मा र वडा नम्बर ३१ बस्ने अमिरीलाल महतो रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार विगत केही महिना अगाडी देखि ठोरी वडा नम्बर ४ गोरखपुर टोलमा अपरिचित व्यक्तिहरूले हातीको दारा विक्री गर्नको लागि ग्राहक खोजी रहेको भनी सूचना प्राप्त भई सो सम्बन्धमा थप कुरा बुझ्नको लागि गोप्य रूपले प्रहरी परिचालन गरी सो हातीको दाराको पता लगाईएको थियोे ।
अनुसन्धानको क्रममा प्रहरीले शुक्रबार बिहान् ६ बजेको समयमा ठोरी गाउँ पालिका वडा नम्बर ४ मा चन्द्र परियारको खेतमा खाल्डो खनी राखिएको अवस्थामा २१ केजी तौल भएको दुई वटा हातीको दारा जस्तो देखिने बस्तुहरू फेला परेको हुँदा बरामद गरी सो कार्यमा सलंग्न तिनै जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइ जिल्ला डिभिजन वन कार्यालयसंग समन्वय गरी थप अनुसन्धान तथा कारवाही भइरहेको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी गराएका छन् ।
