जिल्ला बिपत व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय पर्साको विशेष सहयोगमा न्यानो कम्बल बितरण।

समाचार

रसीद आलम।बिरगंज ,पर्सा ,पुस ३० ।  जिल्ला बिपत व्यास्थापन समिति र जिल्ला प्रशासन कार्यालय पर्साको विशेष सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ को आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बि.म.न.पा.वडा नं. १ बजार  छपकैया स्थित गरीब बिपन्न(डोम) बस्तीका  गरिब बिपन्न परिवारहरुलाई न्यानो कम्बल- ७५ थान बितरण गरिएको छ ।
उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी  ग्यासुदिन ठकुराईको अध्यक्षतामा, बीरगंज महानगरपालीकाका उपप्रमुख  ईम्तियाज आलमको प्रमुख आतिथ्यमा,  जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारी  महेशराज तिम्लिसीना, जिल्ला प्रहरी कार्यालय पर्साका प्र.ना.उ.  निर्मल बुढाथोकी ,वडा समितिको कार्यालय बडा नं.१ का वडा अध्यक्ष  मनोज कुर्मीको बिशिष्ट आतिथ्यतामा, वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्र.नि बिशाल मल्ल , सशस्त्र बलका प्र.नि. तिर्थराज न्यौपानेको अतिथ्यमा सु-समपन्न भएको छ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ ले सम्बन्धित निकाय,संस्थाको सहयोगमा नियमित रुपले समाजिक सुरक्षा ,मानवीय सेवामुलक कार्यक्रमहरु,जनचेतनामूलक शैक्षिक कार्यक्रमहरु गर्दै आईरहेको सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी  ग्यासुदिन ठकुराईले जानकारी दिएका छन ।
सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय बजार छपकैयाका प्र.ब.ना.नि. अशोक बस्नेत , प्र.स.नि. सम्सुदिन अंसारी ,सामुदायिक सेवा केन्द्रका संरक्षक  श्याम शर्मा ,सामुदायिक सेवाका बरिष्ठ उपाध्यक्ष  अब्दुल हक ,कोषाध्यक्ष प्रेम कुमारी सिंह,सदस्य अजित भुजेल ,अब्दुल कैश , सामुदायिक प्रहरी सेवा केन्द्रका प्र.स.नि.ईन्दीवर चौधरी,प्र.ह.देवेन्द्र कुमार पटेल ,समाजसेवी तथा सन्चारकर्मी रसीद आलम  लगाएत स्थानीय बुद्धिजीवी ,महिला ,युवाहरूको उल्लेखनीय उपस्थित रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *