पर्सामा गाँजा सहित एक जना पक्राउ।

समाचार

रसीद आलम,बिरगंज ,२० असार।

पर्सा प्रहरीले लागु औषध गाँजासहित एक जना भारतीयलाई पक्राउ गरेको छ।

असार १६ गते बिहान् १० बजेको समयमा पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १६ शंकरचार्य गेट स्थित चेकजाँचको क्रममा प्रहरी चौकी ईनर्वाले भारत बिहार राज्य पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना दरपा पंचायत रामपुर वडा नम्बर ६ बस्ने वर्ष ६० को श्याम बिहारी साहलाई गाँजा सहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

संकाष्पदरूपमा भारततर्फ जाँदै गरेको साहलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजले बोकेको कालो प्लाष्टिकको झोला भित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागु औषध गाँजा १ किलो २५० ग्राम फेला परेको हुँदा उल्लेखित लागु औषध सहित नियन्त्रणमा लिइ बिरगंज जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति प्राप्त गरी लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *