बिरगंज ,१६ साउन ।
पर्सा प्रहरीले भारतीय मल तथा भारतीय कुखुराको चल्ला पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन १४ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१६ माईदिया पोखरी स्थित एक घरकोठामा भन्सार छली भण्डारण गरी राखेको छब्बीस हजार दुई सय पचास रुपैयाँ बराबरको भारतीय मल बरामद गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।
त्यस्तै ,साउन १५ गते अबैध रुपमा तस्करहरुले भारतीय कुखुराको चल्ला भन्सार छली चोरी पैठारी गरी क्वारेन्टाईनको चेकजाँच समेत नगराई अबैध रुपमा लुकाई छिपाई नेपालतर्फ भित्राउँदै गरेको अवस्थामा विन्दवासिनी गाउँपालिका वडा नं.३ छठीया घाट स्थित सडकखण्डबाट पर्सा प्रहरीले १३ कार्टुनमा १४०० गोटा चल्ला नियन्त्रणमा लिएको डिएसपी भारतीले जनाए।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीलाई देख्नासाथ उक्त कुखुराको चल्ला छाडी भागी फरार भएकोले वेवारिसे अवस्थामा फेला पारी बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सिया पर्सामा प्रहरीले बुझाइएको हो।
बरामद गरिएका चल्लाहरु पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सियाद्वारा नष्ट गरिएको डिएसपी भारतीले बताए।
