पर्सामा स्थानीय सुरक्षाकर्मी प्रमुख त्रिमुर्तीका कारण तस्करी कारोबार ध्वस्त, तस्करहरु बेचैन।

समाचार

रसीद आलम,बिरगंज ,३ भदौ।

राजस्व संकलन देखि लिएर तस्करी सम्मको बिषयमा पर्सा जिल्ला देशमा नै प्रसिद्ध रहेको सर्वबिदित्तै छ।पर्सामा रहेका बिरगंज भन्सार कार्यालय देशकै मुख्य नाका मध्य एक हो।देश र सम्पुर्ण देशवासीको नजर यस नाकामा रहन्छ ।त्यसैले बिरगंज नाका एक चासोको बिषय रहेको छ।

पर्सामा तस्करीको कुरा गर्ने हो भन्ने तस्करी अहिलेको समयमा पुर्ण रुपले नियंत्रित छ।यसको सम्पुर्ण श्रेय स्थानीय नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जान्छ ।विशेष गरेर सशस्त्र प्रहरी बल पर्सा मातहतका प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज जुन अहिले बिरगंज भन्सारमा अवस्थित छ।गुल्मका गुल्मपतिका रूपमा डिएसपी सुरज रिजाल गत चैत ७ गते कमान्ड सम्भालेका दिन देखि लिएर अहिलेसम्म तस्करीको कारोबारलाई ध्वस्त पार्दै करिब १४ करोडको भन्सार छलिका मालसामान बरामद गरि भन्सार दाखिला गरेका छन् ।जुन सशस्त्र प्रहरी पर्साको अहिलेसम्मको उच्च ईतिहास कायम भएको सशस्त्रका अधिकारीहरु बताउँछन्।

प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले डिएसपी रिजालको कमान्डमा साउन १ देखी साउन ३१ सम्म मात्र २ करोड ६१ लाख ५० हजार ८ सय ८२ रुपैयाको अबैध मालसामान पक्राउ गरेको तथ्यांकले देखाएको छ।

साउन १ गते १३ लाख ४ हजार ६ सय १५ मुल्य बराबरको समान छापामारी गरि गुल्मले बरामद गरेको छ भने साउन ३ मा २० लाख ७९ हजार १ सय,साउन ४ मा ४२ लाख ७४ हजार ९ सय ८०,साउन ५ मा २४ लाख ६७ हजार ,साउन ६ मा २० लाख २ हजार ५ सय ,साउन ७ मा ३ लाख ८२ हजार ३ सय ९८,साउन ९ मा ४ लाख ३ हजार ९०,साउन ११ मा ७ लाख ४३ हजार ४०,साउन १३ मा १७ लाख ७३ हजार ७ सय ५,साउन १७ मा ७ लाख ७७ हजार १ सय ४०,साउन १८ मा ५९ हजार ४ सय,२० गते १० लाख ६३ हजार ८ सय बराबरको विभिन्न मालसामान बरामद गरि बिरगंज भन्सार दाखिला गरेको गुल्मले जनाएको छ।

त्यस्तै ,बिरगंज गुल्मले साउन २३ गते १७ लाख ६३ हजार ३ सय ५०, साउन २४ मा १७ लाख २२ हजार ७०,साउन २५ मा २ लाख ३५ हजार ८ सय २५, साउन २७ मा ९ लाख ८७ हजार ८६, साउन ३० मा ५ लाख ९७ हजार ३ सय १० तथा साउन ३१ गतेमा २६ लाख ४ हजार ६ सय ५० बराबरको भन्सार छलिएका समान नियन्त्रणमा लिईएको गुल्मको तथ्यांकमा उल्लेख छ।

डिएसपी सुरज रिजालको यो सक्रियताले तस्करीको संजाल ध्वस्त भएको छ।यद्यपि खुला सिमानाकाका कारण तस्करीलाई नियन्त्रण मात्र गरिएको छ , शुन्यकरण गर्न नसकिने अवस्था रहेको डिएसपी रिजाल स्विकार्दै अगामी दिनमा पनि तस्करीको सन्दर्भमा यो भन्दा पनि कडा रुपले प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन् ।

बिरगंज गुल्ममा गुल्म पतिको रुममा रिजालको अब करिब लगभग १ महिना कार्यकाल बाकी रहदा थप ६ महिना कार्यकाल बढाउन सशस्त्र मुख्यालयमा चर्चा भैइरहेको स्रोतले दाबी गरेको छ।यद्यपि रिजालले यो चर्चालाई अस्विकारदै संगठनको नीति नियम आदेशानुसर चल्ने प्रतिक्रिया दिएका छन्।

यो चर्चाले थप तस्करहरुलाई बचैन बनाएको नाम नखोल्ने सर्तमा एक स्थानीय कारोवारीले बताएका छन् ।

त्यस्तै , तस्करीको संजाल तोडदै पर्सा प्रहरीले एसपी कुमोध ढुंगेलको कमान्डमा करिब ४ करोडको भेप(ईलेक्ट्रीक चुरोट) सहित साउन १ गते देखि साउन ३२ गते सम्म ८ करोड ३० लाख ३० हजार २ सय ६७ बराबरको भन्सार छली चोरी पैठारीको विभिन्न मालसामान नियन्त्रणमा लिई तस्करीको कम्मर तोडेको छ।

सशस्त्र प्रहरी पर्साले गत आर्थिक वर्षको साउन १ देखि २०८१ असार मसान्तसम्ममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा पर्सा तथा मातहतका युनिटहरूबाट विभिन्न किसिमका भन्सार छलीका सामानहरू बरामद गरी कुल ३४ करोड २७ लाख ७८ हजार ३ सय १३ रुपैयाँ राजस्व संकलन गरेको एसपी धिमालले बताएका छन्।

उक्त भन्सार छलीका समान ओसार-पसार गर्न प्रयोग गरिएको ट्रक लगायतका सवारीसाधनहरू तथा तस्करीमा सङ्गलन १९ जनालाई भन्सार कार्यालय वीरगन्ज र आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाएको उनले बताए।

स्थानीय प्रहरी प्रशासनका यी तीन प्रमुख त्रिमुर्तिका कारण पर्सामा तस्करी अहिले नियन्त्रणमा छ, धमाधम मालसामानहरु पक्राउ गर्ने, सम्बन्धित निकायमा बुझाउने कार्य तिब्र रुपले भैरहेको छ।यद्यपि खुला सिमानाकाका कारण चोर बाटो प्रयोग गरि केही ठाउँहरुमा तस्करी भैरहेको जानकारी प्राप्त भएको छ तर स्थानीय सुरक्षाकर्मीहरुले त्यसलाई पनि नियन्त्रण गर्नेछ भने बिश्वास स्थानीय बुद्धिजीवीहरुले लिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *