बेसहाराकी सहारा कल्पना भट्ट सम्मानित

समाचार

काठमाडौं ,६ भदौ । दृष्टि पाउन्डेसनकी सञ्चालक वरिष्ठ समाजसेवी कल्पना भट्ट सम्मानित भएकी छन्। फाउन्डेसनमार्फत बेसहारा महिलालाई सहारा दिँदै आएकी भट्टलाई मंगलबार नेपाल प्रहरी श्रीमती संघले ४०औं वार्षिकोत्सवका अवरमा सम्मान गरेको हो।

भट्टले धनगढीमा फाउन्डेसनका माध्यमबाट खुला आकाशमुनि सडक जीवन व्यतीत गरिरहेका बेसहारा, शारीरिक तथा मानसिक रूपमा दुर्बल महिलाको संरक्षण गर्दै आएकी छन्। हाल फाउन्डेसनमा उनले ६४ जना महिला र १२ जना बालबालिकालाई संरक्षण गरिरहेकी छन्।

फाउन्डेसनमा ज्यान गुमाउने परिवारको पत्ता लाग्न नसकेका महिलालाई दागबत्ती दिने र काजक्रियासमेत कल्पनाले नै गर्दै आएकी छन्। मानवीय सेवामा समर्पित रहेको भन्दै संघले भट्टलाई सम्मान गरिएको जनाएको छ।

काठमाडौं बोलाएर आफूले गरेको कामको मूल्यांकन स्वरूप सम्मान गरेकोमा भट्टले खुसी व्यक्त गरेकी छन्। यो प्रेरणाले आफूलाई सेवामा समर्पित हुन थप बल मिलेको उनको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *