रसीद आलम ,बारा,२६ भदौ।
जिल्ला प्रहरी कार्यालय बारा मातहतका ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले दुईजना ब्यक्ति सहित२ सय ४० किलो लागु औषध गाजाँ र एक ट्रक नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा ट्रक चालक जिल्ला चितवन राप्ती न.पा ३ झुरझुरे बस्ने वर्ष २६ को विज्ञान तिमल्सिना र सह-चालक वर्ष १८ को बाबु काजि परियार रहेको बारा प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा भदौ २४ गते बेलुका ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी वरिष्ठ नायब निरीक्षक त्रिभुवन साहको कमान्डमा खटिएको प्रहरी टोलीले बाराको जितपुर सिमरा उ.म.न.पा वडा न. २१ अमलेखगञ्जबाट ना ४ ख २०६३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो।
हेटौडाबाट पथलैयातर्फ जादै गरेको सो ट्रकलाई रोकि चेक जाच गर्दा ट्रकको क्याबिनसंग जोडिएको फल्स बटम भित्र लुकाइ छिपाइ राखिएको १५ पोकामा २४० किलो लागु औषध गाजाँ बरामद गरी ट्रक सहित तिमल्सिना र परियारलाई नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको बारा प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
