समाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने पटेल पक्राउ।

समाचार

बिरगंज ,२ असोज ।

समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने आरोपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा बस्ने वर्ष २१ ओम कुमार पटेललाई पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार समाजिक सञ्जाल फेसबुक, टिकटक, Instagram, Twitter, What’s app & Massenger मा King Of Parsa भन्ने ID बनाइ सो ID मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हाततियारको प्रदर्शन गरी डर त्रास सृजना गर्ने, अराजक गतिविधी गरि समाजमा द्वन्दको श्रृजना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलापमा सलंग्न ओम कुमार पटेललाई असोज १ गते  पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १५ प्रतिमाचोक नजिकबाट पक्राउ गरीएको हो।

निज विरूद्ध सार्वजिक शान्ति विरुद्धको कसूरमा थप अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिएका छन् । यस्ता गतिविधिहरूमा सलंग्न अन्य व्यक्तिहरूको पहिचान भैसकेको हुँदा निजहरूलाई तदारूक्ताका साथ खोजतलास कार्य भैरहेको जनाएका छन् ।
साथै यस्ता गतिविधीहरू नगर्न सर्वसाधारणहरूलाई अनुरोध गरेका छन् । यदी गरेको पाइएमा कानून बमोजिम कारवाही गर्ने डिएसपी भारतीले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *