बिरगंज ,१० कार्तिक।
पर्सा जिल्लाको पर्सागढी नगरपालिकाका वडा नं. १ गुलरिया र वडा नं. ३ झबराहा क्षेत्रमा अवैधरूपमा गरिएको गाँजा खेतीमा जिल्ला प्रहरी कार्यालय पर्साले फडानी तथा नष्ट अभियान सञ्चालन गरेको छ। इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको १५ जनाको प्रहरी टोलीले बिहान ८:०० बजे देखि दिउँसो १२:५० सम्म दुई बिघा क्षेत्रफलमा फैलिएको १५,००० गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको हो।
प्रहरीले गाँजा खेतीमा संलग्न व्यक्तिहरूको पहिचान र खोजतलासलाई प्राथमिकतामा राखेको र कानूनअनुसार आवश्यक कारवाही गरिने प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिएका छन् ।
