बिरगंजमा देहव्यापारको आरोपमा १० महिला र ५ पुरुषसहित १५ जना पक्राउ।

समाचार

बिरगंज, २६ कार्तिक — पर्सा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बिर्ता र प्रहरी चौकी इनर्वाको संयुक्त अपरेसनमा बिरगंज महानगरपालिका-१६ भन्सार क्षेत्रबाट देहव्यापार गराएको आरोपमा १० महिला र ५ पुरुषसहित १५ जनालाई पक्राउ गरिएको छ।

बिर्ता प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा भएको यो अपरेसनले देहव्यापारमा संलग्न रहेको आशंकामा १५ जनालाई पक्राउ गरिएको छ।स्थानीयवासीले पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलको यस कदमको सराहना गरेका छन्।

पर्सा प्रहरीले थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी कारवाही अगाडि बढाइने जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *