डिएसपी दीपक भारतीको सरुवाले पर्सावासी निराश, कुशल कार्यशैलीको सराहना।

समाचार

रसीद आलम,बिरगंज ,२९ कार्तिक।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दीपक भारतीको सरुवा भएको छ। उनलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा ब्यवस्थापन महाशाखा नक्सालमा काज सरुवा गरिएको छ भने पर्सा जिल्लामा डीएसपी किशोर लम्साललाई सरुवा गरिएको छ।

सरुवा र बढुवा प्रहरी संगठनको नियमित प्रक्रिया हो।तर चार महिनाको छोटो कार्यकालमा नै कुशल कार्यशैली, इमानदारी र सेवाग्राहीको समस्या सुन्ने तथा समाधान गर्ने क्षमताले पर्सा वासिको मन जित्न सफल डिएसपी भारतीको सरुवामा राजनीतिक चलखेल भएको आशंका गरिएको छ। पर्सावासीले एक कुशल प्रवक्ता र सूचना अधिकारी गुमाउनु परेकोमा निराशा व्यक्त गरेका छन्।

पर्सा जिल्लाका जनताको सेवा र सुरक्षामा विशेष योगदान दिइरहेका डिएसपी दीपक भारतीले प्रहरी प्रशासनमा आफ्नो अद्वितीय भूमिका देखाइरहेका छन्। उनले जिल्लामा कानुनी व्यवस्था, अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नका लागि असाधारण योगदान दिएका छन्।

जनताको समस्यालाई नजिकबाट बुझ्न र समाधान गर्न सधैं तत्पर रहने डिएसपी भारतीले समाजमा राम्रो प्रभाव पार्दै आएका छन्। जनताको हक, हित र सुरक्षाको पक्षमा उभिएर उनले विभिन्न चुनौतीहरूको सामना गर्दै जिल्लामा कानुनी शासनलाई अझ मजबुत बनाउन अहम भूमिका खेलिरहेका छन्।

पर्साका एसपी कुमोध ढुंगेल र उनको सन्युक्त नेतृत्वमा पर्सा जिल्लामा अपराध नियन्त्रण र शान्ति सुव्यवस्था कायम गर्नका लागि धेरै सुधारात्मक कामहरू भइरहेका छन्। जनताको सुरक्षा र सेवा सुनिश्चित गर्न उनले गरेको यो महत्वपूर्ण कार्यप्रति जिल्लाबासीहरूले प्रशंसा व्यक्त गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *