तनहुँमा दुई बस ठोक्किँदा एकको मृत्यु, ३० जना घाइते

समाचार

काठमाडौं ,३ मंसिर । तनहुँमा दुई बस ठोक्किँदा एक चालकको मृत्य भएको छ। दुर्घटनामा ३० यात्रु घाइते भएका छन्।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिकामा–५ नयाँ पुल गोरेचौतारामा दुई यात्रुबाहक बस ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। गण्डकी जिएए ००७० नम्बरको बस र भे१ख ३४८७ नम्बरको बस आपसमा ठोक्किएका हुन्।

जस क्रममा जिएए ००७० नम्बरको बसका चालक तनहुँकै ऋषिङ पाटन घरभएका ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको प्रहरीको भनाइ छ। घाइतेको मोती र लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *