नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

समाचार

नवलपरासी, २७ असार । नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते भएका छन्।

 

घाइते हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका १ बेलुवा बस्ने वर्ष ३८ को दिपेन्द्र शेर्पुन्जा रहेका छन्।

उनलाई बिहान करिब ६:५० बजे त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।

 

शेर्पुन्जाको दाँहिने हातको पाखुरा,छातीको दाहिने भाग र ढाँडमा चोट लागेको छ। उनलाई आक्रमण गर्ने बाघ जंगलतर्फ गएको प्रहरीले जानकारी दिएको छ।

 

घाइतेको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भैरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *