पर्सामा अवैध लसुन बरामद, भन्सार बुझाउने तयारीमा

समाचार

बिरगंज ,०५ मंसिर ।

पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका-३, झौवा गाउँस्थित जोगिन्द्र यादवको गोठबाट अवैध रुपमा भन्सार छलिएको लसुन बरामद गरिएको छ। मंसिर ४ गते राति ११ बजे सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका सशस्त्र प्रहरी नायब उपरीक्षक सुसिल बस्नेतको कमाण्डमा खटिएको १० जनाको टोली र प्रहरी चौकी अमरपट्टीका प्र.ब.ना.नि. मदन मल्लको कमाण्डमा खटिएको १० जनाको संयुक्त टोलीले अन्दाजी ८० देखि ९० बोरा (कुल २,२५० किलोग्राम) लसुन बरामद गरेको हो।

बरामद लसुनको बजार मूल्य अन्दाजी रु. ६ लाख रहेको छ। अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी लुकाइएको लसुन आवश्यक कानुनी प्रक्रियाका लागि राति ११:१५ बजे जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको सशस्त्र प्रहरी प्रवक्ता डिएसपी बिष्णु हरि घिमिरेले जानकारी दिए। भन्सार बुझाउने प्रकृया अघि बढाइएको जानकारी प्राप्त भएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *