खानेपानी मन्त्री प्रदीप यादवद्वारा पोखरा खानेपानी सुधार आयोजनाको उद्घाटन

बिदेश राजनीति समाचार

पोखरा , मंसिर १५।

खानेपानी मन्त्री प्रदीप यादवले मंसिर १४ गते पोखरा महानगरपालिकामा जापान सरकारको अनुदान सहयोगमा सम्पन्न पोखरा खानेपानी सुधार आयोजनाका संरचनाहरूको उद्घाटन गर्नुभयो। नेपाल खानेपानी संस्थान अन्तर्गत सम्पन्न यस आयोजनाले पोखरा क्षेत्रका नागरिकहरूलाई स्वच्छ, सुरक्षित, र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउँदै जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले जापान सरकारप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता विकास निर्माणका परियोजनाहरूमा सहकार्य जारी राख्न आग्रह गर्नुभयो। मन्त्री यादवले खानेपानीका क्षेत्रमा थप सुधारका लागि सरकारको प्रतिबद्धता पुनः दोहोर्याउनुभयो।

भरतपोखरी-कृष्ति-निर्मलपोखरी खानेपानी आयोजनाको अनुगमन

खानेपानी मन्त्री यादवले मंसिर १४ शुक्रबार पोखरा महानगरपालिका-२१ मा निर्माण भइरहेको भरतपोखरी-कृष्ति-निर्मलपोखरी खानेपानी आयोजनाको अनुगमन गर्नुभयो। उहाँले निर्माण कार्यको प्रगतिबारे जानकारी लिनुका साथै स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरी आयोजना तोकिएको समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्देशन दिनुभयो।

सरकारको प्राथमिकता सबै नागरिकलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउनु रहेको बताउँदै मन्त्री यादवले स्थानीय समुदायको सक्रिय सहभागिताले आयोजनाको समयमै सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। साथै, पानीको अभाव अन्त्य गरी स्वस्थ जीवन सुनिश्चित गर्न सरकारका प्रयास निरन्तर जारी रहने उहाँले बताउनुभयो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *