सशस्त्र प्रहरीद्वारा रु. १७.५३ लाख बराबरको अबैध सामान भन्सारमा दाखिला

बिदेश राजनीति समाचार

पर्सा, मंसिर १७ ।सशस्त्र प्रहरी बल, पर्सा प्र.सी.सु.गुल्म वीरगंजबाट खटिएको टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१६ भन्सार मेनगेट तथा विभिन्न स्थानहरूमा भन्सार छलि ल्याइएको रु. १५ लाख ७७ हजार १ सय ७५ बराबरको किराना सामान, मोटर पार्ट्स, कपडा, कस्मेटिक्स, चप्पल र सामान्य औषधि नियन्त्रणमा लिएर वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

त्यसैगरी, सोही स्थानबाट बिआर ०५ ए वाई  २९१५ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ लैजान लागेको रु. २६ हजार ४ सय बराबरको मदिरा र रु. १, लाख ५० हजार मूल्याङ्कन गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको छ। बरामद सामानको कुल मूल्य रु. १७ लाख ५३ हजार ५ सय ७५ रहेको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *