बारा प्रहरीले लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्यो

बिदेश राजनीति समाचार

बारा ,२२ मंसिर ।

जिल्ला प्रहरी कार्यालय बारा मातहतको इलाका प्रहरी कार्यालय प्रसौनीले लागूऔषध (ब्राउन सुगर) मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भारत बिहार राज्य मोतिहारी जिल्ला नकरदेही वडा नम्बर २ श्रीरिसिया माल टोलका ५० वर्षीय जाकिर हुसैनलाई प्रहरीले मिति २०८१ मंसिर २२ गते बिहान ९:३० बजे पक्राउ गरेको हो।

बारा जिल्ला अदालतको मिति २०८१ असार १४ गतेको आदेशानुसार फरार प्रतिवादीको खोजी गर्न गरिएको निर्देशनको आधारमा प्रहरी टोलीले हुसैनलाई बारा, परवानीपुर गाउँपालिका वडा नम्बर ५ स्थित एक अस्पतालको अगाडि सडकमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका हुसैनलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको प्रहरीले जानकारी दिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *