पर्सामा भन्सार छलि गरेर ल्याइएका १२ लाखभन्दा बढीको सामान बरामद

बिदेश राजनीति समाचार

बिरगंज ,२४ मंसिर ।

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१६ भन्सार मेनगेट तथा विभिन्न नाकामा सशस्त्र प्रहरीको गाडिमोबाइल टोलीले मंसिर २३ गते अपराह्न ३:५० बजे नेपालतर्फ अबैध रूपमा भन्सार छलि ल्याउँदै गरेको सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगन्जबाट सप्रनाउ (डिएसपी )सुरज रिजालको कमाण्डमा खटिएको टोलीले विभिन्न सवारी साधनमा लोड गरिएको अन्दाजी रु. १२ लाख २८ हजार १ सय ६० बराबरको किराना, कस्मेटिक, मोटर पार्ट्स, इलेक्ट्रोनिक सामान, स्याउ, कपडा, र मोबाइल पार्ट्स नियन्त्रणमा लिएको हो।

बरामद भएका सामानमा किराना रु. १,९९,९६०, मोटर पार्ट्स रु. २,९७,७००, कपडा रु. १,९८,८००, मोबाइल पार्ट्स रु. १,५७,०००, कस्मेटिक रु. १,५८,८००, स्याउ रु. १७,१००, र इलेक्ट्रिक सामान रु. १,९८,८०० बराबर रहेको बताइएको छ।

टोलीले उक्त सामानहरू अपराह्न ४:३० बजे वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डिएसपी विष्णु हरि घिमिरेले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *