सशस्त्र प्रहरीद्वारा रु. ४५ लाख बराबरको अवैध सामान भन्सार दाखिला

बिदेश राजनीति समाचार

पर्सा, मंसिर ३० । सशस्त्र प्रहरी बल, पर्साले पछिल्ला दुई दिनमा दुई छुट्टा-छुट्टै घटनाबाट भन्सार छलि ल्याइएका रु. ४५ लाखभन्दा बढी मूल्य बराबरका अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।

रु. ३० लाख बराबरको कपडा बरामद

मंसिर २९ गते प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरका टोलि र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा वीरगंज महानगरपालिका-६ स्थित लठगलीमा रहेको प्रवेज अख्तरको गोदाममा छापा मारी भन्सार छलि भण्डारण गरिएका रु. ३० लाख ४९ हजार ७ सय बराबरका कपडा बरामद गरेको छ। बरामद कपडा आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णु हरी घिमिरेले जानकारी दिए।

रु. १५ लाख बराबरको अन्य सामानसहित मोटरसाइकल नियन्त्रणमा

मंसिर ३० गते सशस्त्र प्रहरीको टोलीले पर्सा जिल्लाको इनर्वा र विभिन्न सीमा नाकाबाट भन्सार छलि ल्याइएका रु. १५ लाख ३६ हजार ९ सय ३५ बराबरका विभिन्न सामान बरामद गरेको छ। ती सामानमा किराना, कस्मेटिक्स, मोटर पार्ट्स, मोबाइल एसेसरिज र कपडा रहेका छन्। साथै, ना ५३ प ९३०६ नम्बरको मोटरसाइकल समेत बरामद गरी रु. २ लाख मूल्याङ्कन गरिएको छ।

बरामद सामानसहित मोटरसाइकल आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *