बारामा कारभित्र भेटियो शव, गोली प्रहार गरी हत्या भएको आशंका

बिदेश राजनीति समाचार

 

बारा,६ पुस ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-११, जितपुरमा शनिबार बिहान एक कारभित्र शव फेला परेको छ।
बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारभित्र भेटिएको शवको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। प्रारम्भिक अनुमान अनुसार अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको जस्तो देखिए पनि घटनाबारे आधिकारिक पुष्टि हुन बाँकी छ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बाराका एसपी नेतृत्वको टोली पुगेको र थप अनुसन्धान जारी रहेको श्रेष्ठले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *